आज थप २ सय ५५ जनामा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • २४ असार २०७७, बुधबार

काठमाडौं २४, असार ।
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ८, तेह्रथुमका १, सुनसरीका ३, इलामका २, काभ्रेका २, मोरङका ४, सिरहाका २, सप्तरीका ४, बाराका १, अछामका २२, बैतडीका २, बझाङका ४, दार्चुलाका १, गोरखाका २, सर्लाहीका ३, चितवनका ५, नवलपरासीका २ जना रहेका छन्।

यस्तै रौतहटका ३३, दाङका १, धादिङका १, दैलेखका १, काठमाडौँका १६, ललितपुरका ७, लमजुङका १, नवलपरासीका १, रामेछापका २, म्याग्दीका १, कास्कीका १४, गुल्मीका ३, पाल्पाका ५, प्युठानका १, बाँकेका २, दाङका ४, कालिकोटका १, रुकुमका ७, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डडेल्धुराका २, डोटीका १२, कञ्चनपुरका १२, सिन्धुपाल्चोकका १ र कैलालीमा ३६ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार २ सय ५३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभयो। यससँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ।

मन्त्रालयका अनुसार बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ। अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन्। बुधबारसम्म २५ हजार ४० जना क्वारेन्टिनमा रहेको प्रवक्ता डा.गौतमले बताउनुभयो।

  • २४ असार २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech