बाँकेका तीनवटा पालिका कोरोना फ्रि

    • स्वास्थ्य पेज

  • २४ असार २०७७, बुधबार

नेपालगन्ज २४, असार ।
बाँकेका नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिका कोरोना फ्रि भएका छन् । यि पालिकाहरुमा भएका संक्रमित सबै निको भएर घर फर्किएका छन् । र, नयाँ संक्रमित नथपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । बाँकेमा आज ९ जना डिस्चार्ज भएका छन् ।

बनकटुवाबाट ७ र कोहलपुरको पिपरी आइसोलेसन सेन्टरबाट २ गरी आज ९ जना डिस्चार्ज भएको श्रेष्ठले बताउनुभयो । अव डिस्चार्ज हुन १८ जनामात्र बाँकी छन् । सबैभन्दा धेरै कोहलपुरका छन् ।

कोहलपुरका १०, खजुराका ४, राप्तीसोनारीका २ जानकी र बैजनाथका १र१ जना ४ वटा आइसोलेसन सेन्टरमा उपचाररत रहेको श्रेष्ठको भनाइ छ। योसँगै बाँकेमा कूल संक्रमित संख्यामध्ये आजसम्म ३ सय ४८ जना निको भएर घर फर्किएका छन् । बाँकेमा ३ सय ६८ कोरोना संक्रमित पुष्टि भएका मध्ये दुईजनाको भने मृत्यु भएको थियो ।

  • २४ असार २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech