कोरोना संक्रमित थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ असार २०७७, शुक्रबार

 

दाङ १२, असार ।
कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३० वर्षीया रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिनुभयो ।

असार ११ गते ती महिला अचेत अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै भेटाएको र उपचारका लागि राप्ति स्वास्थ्य अस्पतालमा लगेर जाँच गर्दा मृत्यु भएको पाइएको थियो । असार १२ गते उनको कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको सम्पर्क स्थापित गराउने काम भइरहेको जनाइएको छ । बिहीबार दुईजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । देशभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

  • १२ असार २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech