सुर्खेतमा उपचार गराइरहेका दैलेखका कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ९ असार २०७७, मंगलवार

सुर्खेत ०९, असार ।
सुर्खेतमा उपचार गराइरहेका दैलेखका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको आईसीयू मा उपचारत दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिनुभयो ।

ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मृत्यु भएको डाक्टर पौडेलले बताउनुभयो ।

मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए ।थप एकजनाको मृत्यु भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि सुर्खेतमा दुईजना, डोल्पा र दैलेखमा एकरएकजनाको मृत्यु भइसकेको छ।

  • ९ असार २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech