कोरोना संक्रमितले बच्चा जन्माइन्

    • स्वास्थ्य पेज

  • ६ असार २०७७, शनिबार

नेपालगन्ज ०६, असार ।
कपिलवस्तु कृष्णनगरकी २७ वर्षीय एक कोरोनाभाइरस संक्रमित महिलाले बच्चा जन्माएकी छन्। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान पाँच बजे ती महिलाले शिशुलाई जन्म दिएकी हुन्।

मेडिकल कलेजका सह निर्देशक डा.नितेशकुमार कनोडियाका अनुसार महिलाको शल्यक्रियामार्फत् बच्चा जन्मिएको हो । उहाँका अनुसार ती महिला शुक्रबार राति करिब १ बजे अस्पताल आइपुगेकी थिइन्। ‘शिशुको तौल दुई किलो चार सय ग्राम छ। आमा र शिशुको स्वास्थ्य सामान्य रहेको उहाँको भनाइ छ । पेट दुखेको बताएकी महिलालाई रूपन्देहीको भीम अस्पतालले रिफर गरेको थियो। ती महिला एक महिनाअगाडि भारतबाट फर्केर रूपन्देहीमा क्वारेन्टिनमा थिइन्।

पिसिआर परीक्षण गर्दा जेठ ३० गते उनमा कोरोना संक्रमण देखिएको डा.कनोडियाले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेजलाई सरकारले कोभिड– १९ को लेभल थ्री अस्पतालमा राखेको हुँदा सरकारी निर्देशिका अनुसार रुपेन्देहीबाट सुत्केरी गराउन ती महिलालाई नेपालगन्ज ल्याउनु परेको कनोडियाको भनाइ छ।

  • ६ असार २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech