बालसुधार गृहमा निःशुल्क छाला शिविर

    • स्वास्थ्य पेज

  • ६ असार २०७७, शनिबार

नेपालगन्ज ०६, असार ।

बाँकेको डुडुवा गाउँपालिका ६ मा रहेको जयेन्दु बालसुधार गृहमा शनिवार निःशुल्क छाला जाँच शिविर गरिएको छ । उक्त शिविरमा सुधारगृहमा रहेका ७० बढीको जाँच तथा उपचार गरिएको छ ।

बागेश्वरी टेलिभिजनको आयोजना र स्वास्थ्य पेजको सहकार्यमा शिविर आयोजना गरिएको हो । डुडुवा गाउँपालिकाले स्थानीय व्यवस्थापन गरेको थियो । बालसुधार गृहमा रहेका बालकहरुमा छाला सम्वन्धी समस्या भएको सार्वजनिक भएपछि स्वास्थ्य पेजको सहकार्यमा बागेश्वरी टेलिभिजनले कार्यक्रमको आयोजना गरेको टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाहले बताउनुभयो ।

सुधारगृहमा रहेका अधिकांश बालकहरुमा दाद, लुतोलगायतको समस्या रहेको चेकजाँचमा खटिएका भेरी अस्पताल नेपालगन्जका बरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर बद्री चापागाईले जानकारी दिनुभयो । शिविरको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, टेलिभिजनका अध्यक्ष लक्ष्मी नारायण शाह र डुडुवा गाउँपालिका ६ का वडाअध्यक्ष मोहन मिश्रले डाक्टर चापागाईलाई प्रिस्क्रीप्सन प्याड, पेन र फेस शिल्ड हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बाँकेका प्रहरी प्रमुख ओम राना, नेपालगन्ज उपमहानगरपालिका १३ का वडाअध्यक्ष वीरेन्द्र बहादुर शाह, जग्गादाता जेके सिंह, सुधारगृह इन्चार्ज विमला काउचा, अधिवक्ता बसन्त गौतमलगायतको उपस्थिति रहेको थियो । उक्त शिविरका लागि विभिन्न औषधि कम्पनीका बजार प्रतिनिधिहरुले निःशुल्क औषधि उपलब्ध गराएको स्वास्थ्य पेजका एडमिन प्रियास्मृति ढकालले जानकारी दिनुभयो ।

  • ६ असार २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech