संक्रमितको संख्या ८२७४ पुग्यो

    • स्वास्थ्य पेज

  • ५ असार २०७७, शुक्रबार

काठमाडौं ०५, असार ।
पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार ४ सय २६ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको हो।

पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएका छन्। जसमा महिला ९ जना र पुरुष २०७ जना छन्। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

  • ५ असार २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech