बाँकेमा थप १४ जनामा कोरोना भाइरस

    • स्वास्थ्य पेज

  • ५ असार २०७७, शुक्रबार

नेपालगन्ज ०५, असार ।
बाँकेमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अस्पतालमा गरिएको पिसीआर परिक्षणमा बाँकेका १४ जना र बर्दियाका ७ जनामा कोरोना संक्रमित थपिएको भेरी अस्पतालले जानकारी दिएको छ। शुक्रबार थपिएका संक्रमित मध्ये बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का तीन जना र वडा नम्बर ८ का पाँच जना रहेका छन् ।

राप्तीसोनारी गाउँपालिकामा कोरोना संक्रमित १५ महिने बच्ची देखि ५० बर्षका पुरुषहरु रहेका छन् । त्यस्तै बाँकेकै बैजनाथ गाउँपालिका वडा नम्बर २,३,५र ६ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बैजनाथका कोरोना संक्रमितहरु मध्ये वडा नम्बर २ का दुई, वडा नम्बर ३ का दुई, वडा नम्बर ५ का दुई र वडा नम्बर ६ का एक जना रहेका छन् ।

उनीहरु सबै ९ बर्षका पुरुष देखि ६५ बर्ष सम्म रहेका छन् भने एक जना महिलाको उमेर खुलेको छैन् । त्यसैगरी बर्दियाका ७ जना मध्ये गुलरिया नगरपालिका ४ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु १९ देखि ३५ बर्षसम्मका पुरुष रहेका छन्। बर्दियाकै गेरुवा गाउँपालिका र बढैयाताल गाउँपालिकामा ३ जनामा कोरोना भेटिएको छ। उनीहरु सबै २१ देखि ३५ बर्षका बाँपुरुष हुन् ।

  • ५ असार २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech