कोरोनाबाट थप दुईको मृत्युः शब व्यवस्थापनमा सिडिओ र कर्णेल

    • स्वास्थ्य पेज

  • ४ असार २०७७, बिहीबार

नेपालगन्ज ०४, असार ।
कोरोना संक्रमण देखिएका थप दुई जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या २२ पुगेको छ। गोदावरी नगरपालिका ४ कैलालीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको बुधबार साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि उनी धनगढीको नवजीवन अस्पतालमा उपचारका लागि पुगेका थिए। जेठ ३१ गते कोरोना पुष्टि भएपछि उनलाई सेती अस्पतालमा सारिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो। उनको उपचारका क्रममा नै मृत्यु भएको डा गौतमले जानकारी दिनुभयो । यस्तै, लम्कीजुहा २ कैलालीकी एक ४२ वर्षीय महिलाको पनि मृत्यु भएको छ।

टाउकोमा चोट लागेर शवड्युरल हेमाटोमा भएकी उनी जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन्। उनको शल्यक्रिया गर्नुअघि असार २ गते स्वाब संकलन गरिएको थियो। तर उनको रिपोर्ट नआउँदै असार २ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ। मृत्युपछि असार ३ गते आएको रिपोर्टमा उनको कोरोना पोजेटिभ भेटिएको छ।

उनको शव नेपाली सेनाले बाँकेको ढकेरी जङ्गलमा व्यवस्थापन गरेको छ ।बर्दियाको मानखोला नजिकको जंगलमा बुधवार बैजनाथकी संक्रमित महिलाको अन्त्येष्टि गरिएपछि स्थानीयको विरोध भएकोले कैलालीकी महिलाको शव व्यवस्थापनमा बाँकेका सीडीओ रामबहादुर कुरुम्वाङ र कर्णेल नहकुल थाा आफै सहभागि भएको हुनुभएको थियो । शव ब्यवस्थापनमा स्थानीयको असहयोग र गाडी चालकमा देखिएको त्रासको अन्त्य गर्न अन्त्यष्टिमा आफै सहभागि भएको बांँकेका सिडिओ रामबहादुर कुरुम्वाङले बताउनुभयो ।

  • ४ असार २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech