नेपालमा अहिलेसम्मकै उच्च दरमा कोरोना भाइरस देखियो

    • स्वास्थ्य पेज

  • ४ असार २०७७, बिहीबार

काठमाडौं ०४, असार ।
नेपालमा थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो अहिलेसम्मकै उच्च दर हो ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६७१ जनामा संक्रमण देखिएको हो। विहीबार थपिएका ६ सय ७१ सहित नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ सय ८६ पुगेको छ। कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ। प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।

  • ४ असार २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech