बाँकेमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ असार २०७७, बुधबार

नेपालगन्ज ०३, असार ।
बाँकेमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेमा मात्रै कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो । ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो । उनी निमोनियाले पीडित थिइन् ।

स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो । उनको शव बुधवार व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पसर्न नरेश श्रेष्ठले जानकारी दिनुभयो।

  • ३ असार २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech