कोरोना मृत्यु भएकाको व्यवस्थापनमा खटिएका सेनालाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ३ असार २०७७, बुधबार

दाङ ०३, असार ।

दाङमा नेपाली सेनाका एक जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको परीक्षणमा घोराही भरतपुरस्थित रिपुमर्दन गणमा कार्यरत ३२ वर्षीय जवानमा संक्रमण देखिएको हो ।

उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको छ । कोरोनाका कारण मृत्यु भएका घोराहीका एक व्यक्तिको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएका घोराही उपमहानगरपालिका १८ नवलपुर निवासी ५९ वर्षीय पुरुषको हाल संक्रमण पुष्टि भएका जवानसहितको नेपाली सेनाको टोलीले जेठ २६ गते शव व्यवस्थापन गरेको थियो । सोही क्रममा उनमा कोरोना भाइरस सरेको आशंका गरिएको छ ।

  • ३ असार २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech