प्रदेश पाँचमा करिव आठ हजार स्वाब परीक्षण गर्न बाँकी

    • स्वास्थ्य पेज

  • १ असार २०७७, सोमबार

तस्विरःफाइल

बुटवल ०१, असार ।
प्रदेश ५ का क्वारेन्टाइनमा रहेका करिव आठ हजार जनाको स्वाब प्रयोगशालामा थुप्रिएका छन्। प्रयोगशालमा अहिले ७ हजार ७ सय स्वाब परीक्षणको पखाईमा छन् । सामाजिक विकास मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीका अनुसार अहिले प्रदेश ५ मा दैनिक औसतमा तीन सय स्वाब परीक्षण हुने गरेको छ।

स्वाब धेरै र काम गर्ने उपकरण थोरै हुँदा अहिले प्रदेश ५ मा स्वाब संकलन भएको एकसातादेखि १० दिनमा मात्र रिपोर्ट आउँछ । प्रयोगशालामा अहिले स्वाब थुप्रिएका कारण कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको रिपोर्ट पनि ढिलो आइरहेकोले शव व्यवस्थापनमा समेत समस्या देखिएको छ । प्रयोगशालाबाट स्वाबको रिर्पोट ढिलो आउँदा क्वारेन्टाइनमा बसेका संक्रमित व्यक्तिहरुबाट अन्यमा संक्रमण फैलिने त्रास छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुुख डा. राजेन्द्रकुमार गिरीले भैरहवाको प्रयोगशालामा मात्रै एक हजार स्वाब थुप्रिएको जानकारी दिनुभयो। दाङको प्रयोगशालामा ३ हजार ९ सय, भैरहवामा एक हजार, बाँकेमा एक हजार स्वाब परीक्षणको पर्खाइमा छन् । बाँकी स्वाब प्रदेश बाहिर पठाएर समेत रिपोर्ट ल्याउने गरिएको छ । केही स्वाब काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पोखरा र हेटौंडामा परीक्षणको लागि पठाइएको छ ।

प्रदेश ५ का क्वारेन्टिनमा शनिबारसम्म ९ हजार ६ सय ८५ जना रहेका छन् । यो संख्या निरन्तर बढिरहेको छ । आइसोलेसनमा ९ सय ६७ जना रहेका छन् । पहिलो संक्रमण वैशाख १९ गते रुपन्देही र बाँकेमा एकसाथ देखिएको प्रदेश ५ का १२ वटै जिल्लामा कोरोना संक्रमण फैलिइसकेको छ ।

  • १ असार २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech