भेरी अस्पतालमा गरिएको परीक्षणमा सातजनामा कोरोना

    • स्वास्थ्य पेज

  • ३२ जेष्ठ २०७७, आईतवार

तस्विर : फाइल

नेपालगन्ज ३२, जेष्ठ ।
बाँके, बर्दिया र रुकुममा आइतवार ७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेको डुडुवा गाउँपालिकाका २ र राप्तीसोनारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिकाका ३ जना र रुकुमको सानीभेरी १ का १ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । पेटको समस्या भएका रुकुमका ८२ वर्षीय संक्रमितको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

  • ३२ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech