क्वारेन्टिमै महिलालाई बलात्कार

    • स्वास्थ्य पेज

  • ३२ जेष्ठ २०७७, आईतवार
क्वारेन्टिमै महिलालाई बलात्कार

कैलाली ३२, जेष्ठ ।
कैलाली जिल्लामा क्वारेन्टिनमा बसेकी एक महिलालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको सहिद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताउनुभयो।

पीडित महिलाले क्वारेन्टिनमा स्वयंसेवकका रुपमा राखिएका तीन जनाले आफूमाथि बलात्कार गरेको बताएकी छन्। शनिबार रातिको घटना भएपनि आरोपीलाई पक्रन ढिला गरेको भन्दै स्थानीयले आइतबार दिउसो प्रदर्शनसहित लम्कीचुहा नगरपालिका वडा नं १ को कार्यालयमा तोडफोड गरेका थिए।

  • ३२ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech