कोरोनामा झन्डै साढे आठ अर्व खर्च

    • स्वास्थ्य पेज

  • ३१ जेष्ठ २०७७, शनिबार

काठमाडौं, ३१ जेष्ठ ।
सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ। कोरोना नियन्त्रणमा आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत खर्चको विवरण सार्वजनिक गर्नुभएको हो ।

संघीय सञ्चित कोषबाट ४ अर्व १० करोड ५५ लाख ६ हजार खर्च भएको थापाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। त्यस्तै औषधी, स्वास्थ्य पूर्वाधार,जनशक्ति परिचालन, क्वारेनटाइन र अन्य गरी ५ अर्ब ६१ करोड ९२ लाख ४० हजार खर्च भएको विवरणमा उल्लेख छ। त्यस्तै प्रदेश सरकारका तर्फबाट १ अर्ब ३० करोड ४ लाख ९१ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। त्यस्तै स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको विवरणमा उल्लेख छ। यसअघि सरकारले १० अर्व बराबर खर्च भएको दाबी गरेको थियो। सरकारको उक्त दाबी सत्य नभएको भन्दै सडकदेखि संसदसम्म खर्च विवरण सार्वजनिक गर्न माग गरिएको थियो।

  • ३१ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech