बाँके, बर्दिया र रोल्पामा ४२ जना थपिए

    • स्वास्थ्य पेज

  • ३१ जेष्ठ २०७७, शनिबार

तस्विर : फाइल

नेपालगन्ज, ३१ जेष्ठ ।
नेपालगञ्ज भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा शनिबार ४२ जनामा कोरोना पुष्टि भएको छ। ४२ मध्ये बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जना छन्। भेरी अस्पतालका अनुसार नेपालगञ्ज–२२ का २२ वर्षीय पुरुष, राप्तीसोनारी वडा नं.५, ८ र ९ नम्बर वडाका १५ जनामा कोरोना पुष्टि भएको छ। खजुरामा तीन जना थपिएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बाँकेको १८ जनाको कोरोना पुष्टि भएको र एकजनाको फ्लोअप रिपोर्ट परेको जानकारी दिनुभयो। उहाँले राप्तीसोनारीको एकजना फ्लोअपको रिपोर्ट भएको बताउनुभयो ।

भेरीमा जाँच गरिएको रोल्पाका १७ र बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ। रोल्पाका १२ जना सुनिलस्मृति र ५ जना बमरुकका छन्। बर्दियाको सबै ६ जना नै बारबर्दियाका हुन्।

  • ३१ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech