सरकारसँगको वार्ता सकारात्मकः कार्की

विभिन्न १८ बुँदे माग सहित स्वास्थ्य क्षेत्रका २६ वटा संघ संगठन आन्दोलित छन्।


    • स्वास्थ्य पेज

  • १६ पुष २०७७, बिहीबार

काठमाडौं १६, पुष ।

आन्दोलनरत स्वास्थ्य संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचको वार्ता सकारात्मक तर्फ अघि बढेको छ।

बुधबारदेखि सुरु भएको समिति र मन्त्रालयबीचको वार्ता सकारात्मक तर्फ अघि बढेको हो। वार्ताको दोस्रो दिन बिहीबार १० नम्बर बुँदासम्म छलफल भएको समितिका संयोजक डा लोचन कार्कीले बताउनुभयो । उहाँले अहिलेसम्मको वार्ता सकारात्मक रुपले अघि बढेको बताउनुभयो ।
१८ बुँदे माग सहित आन्दोलनमा उत्रिएका समिति र मन्त्रालयबीच समस्याको समाधान निकाल्न बुधबारदेखि वार्ता सुरु भएको हो। बाँकी आठ बुँदे मागका विषयमा छलफल गर्न आइतबार पुनः वार्ता हुने कार्कीले जानकारी दिनुभयो ।

विभिन्न १८ बुँदे माग सहित स्वास्थ्य क्षेत्रका २६ वटा संघ संगठन आन्दोलित छन्। कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आईसीयू, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन्।

  • १६ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech