२७२ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • १६ पुष २०७७, बिहीबार

काठमाडौं १६, पुष ।

देशभर हाल २ सय ७२ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ । २ सय ३६ जना आईसीयूर ३६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको भनाइ छ ।

प्रदेश १ मा ११ आईसीयू र ३ भेन्टिलेटरमा, प्रदेश २ मा १ आईसीयू र २ भेन्टिलेटरमा बागमती प्रदेशमा ८६ आईसीयू र १९ भेन्टिलेटरमा, गण्डकीमा ६६ आईसीयू र ५ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५६ आईसीयू र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १३ जना आईसीयू र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल २ हजार ८ सय ७२ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ३ सय ७८ कुल सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ७२ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ५ सय ६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

  • १६ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech