कोभिड प्रभावित बालबालिकालाई पुस्तकालयले दियो राहत

    • स्वास्थ्य पेज

  • १५ पुष २०७७, बुधबार

बर्दिया १५, पुष ।
बर्दियाको बासगढी नगरपालिका ८ स्थित श्री त्रिभुवन सामुदायिक पुस्तकालयले कोभिड-१९ का कारण प्रभावित बालबालिकालाई बुधवार राहत वितरण गरेको छ । ट्याग परियोजना अन्तर्गत उक्त पुस्तकालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने चारवटा विद्यालयका २० जना बालबालिकालाई राहात वितरण गरेको हो ।

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष नवीन अधिकारीका अनुसार, कोभिडका कारण प्रभावित बालबालिकाको पठनपाठन र उनीहरुको स्वास्थ्य सुरक्षाका लागि भनेर पुस्तकालयले कापि, कलम, मास्क, सेनिटाइजर, सावुनलगायतका सामाग्री प्रदान गरिएको हो । महामारीले रोजगारी गुमाएका, व्यवसायबाट पीडित बनेका र विपन्न तथा जेहन्दार विद्यार्थीको छनौट गरी राहात वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा सहभागी वडाअध्यक्ष तुलप्रसाद गौतमले पुस्तकालयले दिएको राहतले बालबालिकालाई कोभिडबाट जोगिन केहीहदसम्म सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अझै पनि भाइरस संक्रमणको जोखिम कायमै रहेकाले सहजगता र सतर्कता अपनाउन आग्रहगर्नुभयो ।

आफुपनि भाइरस संक्रमित भएर मुक्त भएको स्मरण गराउँदै कोरोना महामारीमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न गराउन बालबालिकालाई सुझाव दिनुभयो । पुस्तकालयले स्वास्थ्य सुरक्षाका सामाग्री समेत वितरण गरेकाले त्यसको सहि सदुपयोग गर्न उहाँको सुझाव छ ।

पुस्तकालय व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञ वलीले सहजिकरण गरेको उक्त कार्यक्रममा ट्याग परियोजना कार्यक्रमका अनुगमनकर्ता गौरी सापकोटा, अभिभावककातर्फबाट वीरबहादुर जैशी, गीता कार्कीलगायतले आआफ्नो धारणा राख्नुभएको लाइबेरियन मीना पौडेलले जानकारी दिनुभयो ।

 

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech