सुदूरपश्चिममा कोरोना संक्रमित २५५ पुगे

    • स्वास्थ्य पेज

  • ३१ जेष्ठ २०७७, शनिबार

धनगढी ३१, जेष्ठ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या २ सय ५५ पुगेको छ। सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डडेलधुराका २४, कञ्चनपुरका २१, कैलालीका ११, बझाङमा ५, डोटीमा तीन जना थपिएका छन् ।

शनिबार पुष्टि भएका मध्ये ५५ जना पुरुष र ९ जना महिला छन्। बझाङको बिथ्थड चिरका दुई जना, केदारस्यू दुई जना, खप्तडछान्नाको एक जना, डडेल्धुराको अमरगढीका एक जना, नवदुर्गामा २३ जना रहेका छन्।

यसैगरी डोटीको जोरायलका दुई जना, सायलका एक जना, कैलालीको चुरेका पाँच जना, धनगढीका दुई जना, गोदावरीका दुई जना, लम्की चुहाका एक जना, टीकापुरका एक जना, कञ्चनपुरको पुनरवासका दुई जना, लालझाडीका १४ जना, महाकालीका तीन जना, बेदकोटका एक जना, कञ्चनपुरकै थप एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो।

  • ३१ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech