प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • १५ पुष २०७७, बुधबार

काठमाडौं १५, पुष ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ ।

स्वास्थ्यमा समस्या आएपaछि सीता दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। बुधबार बिहान साढे ११ बजे सीतालाई अस्पताल भर्ना गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।

अस्पताल भर्ना गरिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो। सीता दाहाल लामो समयदेखि प्रोग्रसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) लगायत रोगबाट पीडित हुनुहुन्छ ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech