२४ घण्टामा ५११ कोरोना संक्रमित थपिए, ६ सय डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १५ पुष २०७७, बुधबार

काठमाडौं १५, पुष ।

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ११ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।

बुधबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४७ पुगेको मन्त्रालयले जनाएको छ।

बुधबार मात्र ६ सय जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा आज सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको मन्त्रालयले जनाएको छ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech