फर्सीको तरकारी खाँदा यस्ता फाइदा

    • स्वास्थ्य पेज

  • १५ पुष २०७७, बुधबार

हामी सँबैको भान्सामा पाक्ने फर्सी स्वास्थ्यका दृष्टिकोणले  निकै गुणकारी छ । फर्सीमा भिटामिनसहित अन्य पौष्टिक पदार्थ प्रशस्त पाइन्छ । फर्सीको तरकारी मात्रै होइन् अरु धेरै परिकार बनाएर पनि खान सकिन्छ ।
यस्ता छन् फर्सीका फाइदाहरु 

फर्सीमा फाइबर, भिटामिन ए, सी र इसहित अन्य पौष्टिक पदार्थ पनि प्रशस्त हुन्छ जसले स्मरणशक्ति बढाउन मद्दत गर्छ ।

पहेँलो भएर पाकेको फर्सी झनै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

यसमा हुने बेटा क्यारोटिन, एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सरको सम्भावनालाई रोक्छ ।

मुटु रोगीका लागि समेत फर्सी निकै फाइदाजनक मानिन्छ ।

फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्छ ।

फर्सीको बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ ।

बियाँमा मनग्गे मात्रामा प्रोटिन, भिटामिन, एसिडहरू पाइन्छ । यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्छ  ।

फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिंकले शरीरलाई स्वस्थ, स्मरणशक्तिमा वृद्धि, हाडलाई बलियो बनाउन मद्दत गर्छ ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech