कोरोना संक्रमित थप ८ जनाको मृत्यु, मृतकको संख्या १८४० पुग्यो

    • स्वास्थ्य पेज

  • १४ पुष २०७७, मंगलवार

तस्विरः फाइल

काठमाडौं १४, पुष ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७ जना संक्रमितको मृत्यु भएको थियो।

गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ। हाल ३ सय ६५ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

  • १४ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech