कर्णालीमा थपिए ८३ कोरोना संक्रमित

    • स्वास्थ्य पेज

  • ३० जेष्ठ २०७७, शुक्रबार

सुर्खेत २९, जेष्ठ ।

कर्णालीमा शुक्रबार मात्रै ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ८३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ४६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमख डा. लक्ष्मीनारायण तिवारीका अनुसार शुक्रबार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना पुष्टि भएको हो ।

  • ३० जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech