कोरोना भाइरसको नयाँ स्वरुप भारतमा पनि देखियो

    • स्वास्थ्य पेज

  • १४ पुष २०७७, मंगलवार
कोरोना भाइरसको नयाँ स्वरुप भारतमा पनि देखियो

काठमाडौं १४, पुष ।

कोरोना भाइरसको नयाँ स्वरुप भारतमा समेत फेला परेको छ । अहिले बेलायतबाट विभिन्न देशमा यात्रा गरेकाहरुमा संक्रमण देखा परिरहेको छ । भारतमा पनि बेलायतबाट फर्किएका ६ जनामा नयाँ खालको कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाइएको छ ।

संक्रमण पुषि्ट भएका उनिहरु अहिले आइसालेसनमा स्वास्थ्य लाभ गरिरहेको र उनीहरुको सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको हो।

यसैबिच भारतले डिसेम्बर अन्तिमसम्मका लागि बेलायतमा गरिने सबै उडान स्थगित गरेको छ। कोरोना भाइरसको नयाँ स्वरुप हाल युरोपेली मुलुकलगायत दक्षिण अफ्रिका तथा जापानसम्म फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा हालसम्म १ करोड बढीमा कोरोना भाइरस संक्रमण पुषि्ट भएको छ । त्यस्तै कोभिड संक्रमणका कारण १ लाख ५० हजार बढीले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

  • १४ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech