विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८ करोड नजिक

कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ८०७ जनाको मृत्यु भएको छ ।


    • स्वास्थ्य पेज

  • १४ पुष २०७७, मंगलवार

काठमाडौं १४, पुष ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण हालसम्म ७ करोड ९६ लाख ७३ हजार ७५४ जनामा पुष्टि भएको छ ।

गएको २४ घण्टामा मात्र ४ लाख ४१ हजार ८६१ जनामा कोरोना भाइरस संक्रमण पुषि्ट भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ८०७ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेहरुको संख्या १७ लाख ६१ हजार ३८१ पुगेको छ ।

भारत, अमेरीका, ब्राजिल लगायतका देश कोरोनाबाट बढी प्रभावित छन् ।

  • १४ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech