‘नेपालगन्जमा बालबालिकाको सबै प्रकारको उपचार अव एउटै छातामुनि’

१५ वेड क्षमताको यो अस्पतालले बालरोग बिशेषज्ञ सेवा दिइरहेको छ । एनआईसीयू, पीआईसीयूदेखि यो अस्पतालसँग अक्सिजन र भेन्टिलेटर जडित अत्याधुनिक सुविधा भएको एम्वुलेन्स पनि छ । उपकरण र गुणस्तरीय ल्याव पनि यही छन् ।


    • स्वास्थ्य पेज

  • १४ पुष २०७७, मंगलवार

नेपालगन्ज १४, पुष ।
नेपालगन्ज सुर्खेतरोडस्थित धम्वोजी नजिकै कान्ती आरोग्य अस्पतालमा पुग्दा नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा रोमा वोरा थालेसेमियाका विरामी जाँच्दै हुनुहुन्थ्यो । ‘थालेसेमिया रोगका विरामीपनि आइरहेका छन् उहाँले भन्नुभयो–‘यो रोग बंशानुगत हो । यस्ले शरिरमा रगतको मात्रा न्यून बनाइदिन्छ ।

त्यसैले महिना–महिनामा उनीहरुलाई रगत चढाइरहनु पर्छ ।’ बाँके राप्तीसोनारी ६ डाडाटेपरीका ९ र १४ वर्षका दुईभाइनालाई ७२ सालमा थालेसेमिया पुष्टि भएको थियो । त्यसपछि निरन्तर उनीहरुको उपचार डा रोमाले गर्दै आउनुभएको छ । अन्य समुदायका बालबालिकामा पनि थालेसेमिया देखिएपनि बढी थारु समुदायका बालबालिकामा यो रोग देखिएको पाइएको डा रोमा बताउँनुहुन्छ ।

सिकलसेल रोगका बालबालिकापनि अस्पतालमा आइरहेका छन् । १५ वेड क्षमताको यो अस्पतालले बालरोग बिशेषज्ञ सेवा दिइरहेको छ । एनआईसीयू, पीआईसीयूदेखि यो अस्पतालसँग अक्सिजन र भेन्टिलेटर जडित अत्याधुनिक सुविधा भएको एम्वुलेन्स पनि छ । उपकरण र गुणस्तरीय ल्याव पनि यही छन् ।

बालबालिकाका सबै खाले उपचार यही हुने गरेको छ । ‘बालबालिका सम्बन्धि सबै खाले सेवा दिने गरी यो अस्पताल सन्चालनमा ल्याइएको हो डा.रोमाले भन्नुभयो–‘विरामीलाई सहज, सरल, छिटोछरितो र गुणस्तरीय सेवा दिने सवालमा हामी प्रतिबद्ध छौं ।’ अहिले बालबालिकाको सबै खाले उपचार प्रवाह गरिरहेको उहाँले बताउनुभयो । चिसो मौसम सुरु भएसँगै अहिले निमोनिया, श्वासप्रश्वासमा समस्या र झाडापखलाका विरामीहरु अस्पतालमा आइरहेका छन् ।

‘अव उपचारकै लागि भारत तथा काठमाडौं लैजानु पर्ने अवस्था छैन् उहाँले भन्नुभयो–‘यही पनि विरामीलाई गुणस्तरीय सेवा दिन सकिन्छ ।’ त्यसैले बालबालिकाको उपचारका लागि महंगा अस्पताल दौडाउनु पर्ने अवस्था नहेको डा रोमाको भनाइ छ । उहाँले भन्नुभयो–‘नेपालगन्जमा बालबालिकाको सबै प्रकारको उपचार अव एउटै छातामुनि छ, त्यो हो कान्ती आरोग्य अस्पताल ।’ उहाँले आफ्नो पेशालाई मानविय सेवासँग तुलना गर्नुहुन्छ ।

‘यो एउटा मानविय सेवाले प्रेरित पेशा पनि हो, उहाँले भन्नुभयो–‘कैयौं त्यस्ता विरामीहरु आउँछन जो सँग पैसा हुँदैन् उनीहरुलाई निःशुल्क उपचार गरेर पठाउने गरेकी छु ।’ थालेसेमिया, सिकलसेलका विरामीको यो अस्पतालले फि समेत लिदैन् । बेड चार्ज पनि निशुल्क छ । भर्ना भएका विरामीका कुरुवाले आफै खाना पकाएर खानका लागि किचेनको व्यवस्था समेत अस्पतालले गरिदिएको छ ।

‘घरपरिवारको जस्तै व्यवहार छ, राप्तीसोनारी गाउँपालिका–६ डाडाटेपरीका शान्तिशम्शेर थारुले भन्नुभयो–‘हामीलाई निकै सहज र राहत मिलेको छ ।’ उहाँका दुई छोराछोरी नै थालेसेमिया रोगबाट पीडित छन् ।

  • १४ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech