बाँकेमा कोरोना संक्रमित, डिस्चार्ज हुने र मृतकको संख्या कति पुग्यो ?

    • स्वास्थ्य पेज

  • १३ पुष २०७७, सोमबार

नेपालगन्ज १३, पुष ।
बाँकेमा सोमवार थप १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा ६ महिलासहित १८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पताल प्रयोगशालामा १२, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ४ र बागेश्गरी प्रयोगशालामा २ गरी १८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ३ सय ६७ पुगेको छ । त्यसमा महिलाको संख्या १ हजार ५ सय ९ र पुरुषको संख्या २ हजार ८ सय ५८ पुगेको छ ।

आज ७ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४ हजार २ सय ३ पुगेको छ । त्यसमा महिलाको संख्या १ हजार ४ सय ४५ र पुरुषको संख्या २ हजार ७ सय ५८ पुगेको छ । अहिलेसम्म बाँकेमा भाइरस संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । त्यसमा महिलाको संख्या १५ छ भने पुरुषको संख्या २८ रहेको छ ।

बाहिरी जिल्लाबाट उपचारका लागि भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र वयेस्टर्न अस्पताल नेपालगन्जमा गरी ७५ जनाको मृत्यु भएको छ । त्यसमा महिलाको संख्या १६ छ भने ५९ पुरुष रहेको केन्द्रले जानकारी दिएको छ ।

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech