२९४ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • १३ पुष २०७७, सोमबार

नेपालगन्ज १३, पुष ।

नेपालमा हालसम्म २९४ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा रहेका छन्। २५४ जना आईसीयू र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १० आईसीयू र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ५ आईसीयू र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १०७ आईसीयू र २१ भेन्टिलेटरमा, गण्डकीमा ६५ आईसीयू र ४ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५५ आईसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै कर्णाली प्रदेशमा १० जना आईसीयू र एकजना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech