कोरोनाबाट थप एकजनाको मृत्यु, संक्रमित संख्या ५ हजार नाघ्यो

    • स्वास्थ्य पेज

  • ३० जेष्ठ २०७७, शुक्रबार

नेपालगन्ज २९, जेष्ठ ।

नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको महाराष्ट्रबाट १२ दिन अघि नेपाल आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । योसगैं नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुगेकोछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कोरोना भाइरसका कारण मृत्यु हुने अर्घाखाँची जिल्ला मालरानी–४ का एक पुरुषको बुधबार मृत्यु भएको हो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो । उपचारपछि घर फर्किने क्रममा उनको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा हालसम्म १६ जना संक्रमितको मृत्यु भएको छ । यसैबीच स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ४ सय ४८ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार ४ सय ४८ जनामा संक्रमण देखिएको हो ।

शुक्रबार थपिएका ४ सय ४८ सहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । संक्रमितमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन् । नेपालमा हालसम्म ८ सय ७७ जना उपचारपछि निको भएका छन् । १६ जना पछिल्लो चौबिस घण्टामा डिस्चार्ज भएका हुन् । प्रवक्ता डाक्टर गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ ।

  • ३० जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech