२४ घण्टामा ६ सय ५९ जना कोरोना संक्रमित थपिए, ७ जनाको मृत्‍यु

    • स्वास्थ्य पेज

  • १३ पुष २०७७, सोमबार

काठमाडौं १३, पुष ।
पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजा ८ सय ३२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ।

हाल देशभर ६ हजार ४ सय २७ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन्।

 

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech