युरोपमा कोरोना विरुद्धको खोप दिन सुरु

    • स्वास्थ्य पेज

  • १३ पुष २०७७, सोमबार

काठमाडौं १३, पुष ।

युरोपमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ ।

युरोपेली सङ्घ इयूले फाइजर \ बायोएनटेकले कोरोना विरुद्ध लड्न विकास गरेको खोप दिन सुरु गरेको जनाएको छ । सङ्घका २७ वटै सदस्य राष्ट्रमा खोप वितरण भैसकेको युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले बताउनुभएको छ ।

आइतबारबाट खोप लगाउन सुरु गरिएको भएपनि कतिपय राष्ट्रहरुले खोप पाउनसाथ शनिबारबाटै लगाउन सुरु गरेका थिए । फाइजर \बायोएनटेक खोपलाई युरोपेली औषधि निकाय इएमए र युरोपेली आयोगले स्वीकृति दिएसँगै खोप दिने कार्य सुरु गरिएको हो।

युरोपेली सङ्घमा हालसम्म १ करोड ४० लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणकै कारण त्यहाँ हालसम्म ३,३५,००० बढीको मृत्यु भइसकेको छ।

 

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech