पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३४ हजार बढीमा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १३ पुष २०७७, सोमबार

काठमाडौं १३, पुष ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३४ हजार ७७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ७ करोड ९२ लाख ३२ हजार ५५५ पुगेको छ । संगठनका अनुसार कोरोना संक्रमणकै कारण हालसम्म १७ लाख ५४ हजार ४९३ पुगेको छ । गएको २४ घण्टामा मात्र ७ हजार ३९३ जनाको मृत्यु भएको छ ।

अमेरीका, भारत, बा्रजिल लगायतका देश कोभिड संक्रमणबाट बढी प्रभावित छन् । भारतमा मात्र हालसम्म १ करोड १ लाख ८७ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यहाँ हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४७  हजार ६२२ पुगेको छ।

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech