सबै निजी अस्पताललाई कोभिड विशेष अस्पतालको सूचीबाट हटाइयो

    • स्वास्थ्य पेज

  • १२ पुष २०७७, आईतवार

काठमाडौं १२, पुष ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाउने निर्णय गरेको छ।आइतबारको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ विशेष अस्पतालको सूचीबाट सबै निजी अस्पताललाई हटाउने निर्णय गरेको जानकारी दिनुभयो । तर मेडिकल कलेजहरु भने कोभिड–१९ विशेष अस्पतालको सूचीमा कायमै रहने पनि डा गौतमले बताउनुभयो ।

आइतबारबाट लागु हुनेगरी सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको रुपमा नरहने व्यवस्था गरिएको भन्दै डा गौतमले निजी अस्पतालमा भर्ना भएर उपचारत बिरामीहरुको हकमा भने अबको १० दिनसम्मको उपचार बापतको रकम स्वास्थ्य मन्त्रालयले दिने डा गौतमले बताउनुभयो ।

आवश्यकता परेमा फेरी कुनै पनि अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सूचीकृत गर्न सकिने भएकाले कोभिडका बिरामीको उपचारका लागि निजी अस्पतालहरु तयारी अवस्थामा भने रहनुपर्ने डा गौतमको भनाइ छ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसअघि बिरामीहरुको स्वाब संकलन गरी निजी प्रयोगशालाहरुमा पठाउने गरेकोमा आइतबार देखि निजी प्रयोगशालामा स्वाब नपठाउने निर्णय भएको पनि जानकारी दिनुभयो।

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech