आगामी वर्ष २६२ आधारभूत अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

‘कुनै पनि प्रकुरमेन्ट, कुनै पनि खरिद कम्तिमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन,’ उहाँले भन्नुभयो, ‘पारदर्शी खरिदको निर्णयमा चोट जसलाई जहाँ लागोस्, समस्या जसलाई जति परोस्। तर म ॐ पनि लेख्दिन। हस्ताक्षर त परको कुरा हो। यो मेरो आफ्नो मान्यता हो। यो मान्यतालाई साथ दिन म यहाँहरुलाई आग्रह गर्दछु।’


    • स्वास्थ्य पेज

  • १२ पुष २०७७, आईतवार

काठमाडौं १२, पुष ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वर्ष २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको छ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आइतबार स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै आगामी वर्ष २६२ वटा स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

यसअघि गत मंसिर १५ गते स्वास्थ्य मन्त्रालयले अस्पताल तथा संस्थासंस्था नभएका ३९६ वटा स्थानीय तहमा एकैसाथ अस्पताल निर्माणको काम सुरु गरेको थियो।

स्वास्थ्यका सबै खरिद पारदर्शी हुने दावी
स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले आफ्नो कार्याकालमा स्वास्थ्यका सबै खरिद पारदर्शी हुने बताउनुभयो । ‘कुनै पनि प्रकुरमेन्ट, कुनै पनि खरिद कम्तिमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन,’ उहाँले भन्नुभयो, ‘पारदर्शी खरिदको निर्णयमा चोट जसलाई जहाँ लागोस्, समस्या जसलाई जति परोस्। तर म ॐ पनि लेख्दिन। हस्ताक्षर त परको कुरा हो। यो मेरो आफ्नो मान्यता हो। यो मान्यतालाई साथ दिन म यहाँहरुलाई आग्रह गर्दछु।’

उहाँले स्वास्थ्यको बेरुजु घटाउने काममा पनि आफू लाग्ने बताउनुभयो। कोरोना भाइरसको संक्रमणका कारण आगामि दिनमा चुनौती थप बढ्ने भन्दै उहाँले नागरिकलाई निःशुल्क रुपमा भ्याक्सिन उपलब्ध गराउन सरकार लागिरहेको जानकारी दिनुभयो। स्वास्थ्यमन्त्री त्रिपाठीले सबै नागरिकलाई निशुल्क कोभिड भ्याक्सिन लगाइने समेत बताउनुभयो ।

 

 

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech