सुर्खेतमा कोरोनाबाट ८२ वर्षीया महिलाको मृत्यु

कर्णालीमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।


    • स्वास्थ्य पेज

  • १२ पुष २०७७, आईतवार

सुर्खेत १२, पुष ।
कोरोना भाइरस संक्रमणबाट सुर्खेतमा थप एकजना महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर–६ की ८२ वर्षीया बृद्धाको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा आज विहान ८ः ४२ बजे मृत्यु भएको हो ।

सास फेर्नमा कठिनाई र ज्वरोको समस्या देखिएपछि पुस १० गते प्रदेश अस्पतालको आकस्मीक कक्षमा उनी भर्ना भएकी थिइन् । उनको सोही दिन राती कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

उनले प्रोटोकलअनुसार आवश्यक सबै उपचार गरिएपनि सुधार नहुँदा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो। योसँगै कर्णालीमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech