युएसएआइडीले दियो कोभिड अस्पतालाई स्वास्थ्य सामाग्री

कोभिड महामारी सुरु भएलगत्तै युएसएआइडीले आकास्मिक स्वास्थ्य प्रतिकार्य कार्यक्रम सुरु गरेर कोभिड विरुद्ध विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । लुम्बिनी प्रदेशका तराईसँग जोडिएका ६ जिल्ला र कर्णाली प्रदेशमा सन् २०२० को जुलाइबाट यो कार्यक्रम सुरु भएको हो ।


    • स्वास्थ्य पेज

  • १२ पुष २०७७, आईतवार

नेपालगन्ज १२, पुष ।
नेपालगन्जस्थित भेरी अस्पताल मातहत संचालनमा रहेको कोभिड विशेष अस्पताललाई युएसएआइडीले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत् स्वास्थ्य सुरक्षा प्रर्णाली परियोजना अन्तर्गत् युएसएआइडीले पीपीइ र डेथ बडी ब्याग प्रदान गरेको हो ।

आइतवार एक कार्यक्रमका बीच युएसएआइडीका बरिष्ठ प्राविधिक सल्लाहकार अनिल कुमार कर्णले केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई १ सय ३० पिस पीपीइ र ५० पिस डेथ बढी ब्याग प्रदान गर्नुभयो । उक्त सामाग्री कुरुम्वाङले कोभिड अस्पतालका संयोजक डा श्यामसुन्दर यादवलाई प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै संयोजक डा यादवले स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका दृष्टिकोणले उक्त सामाग्री निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुम्रुवाङले महामारी नियन्त्रणमा सबैको एकता नै जरुरी रहेको बताउनुभयो । युएसएआइडीका बरिष्ठ प्राविधिक सल्लाहकार अनिल कुमार कर्णले कोभिड नियन्त्रण, रोकथाम र निदानका सवालमा युएसएआइडीले सुरुदेखि नै प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले कोभिड अस्पतालका लागि तत्काल ल्यावका विभिन्न उपकरण दिने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

कोभिड महामारी सुरु भएलगत्तै युएसएआइडीले आकास्मिक स्वास्थ्य प्रतिकार्य कार्यक्रम सुरु गरेर कोभिड विरुद्ध विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । लुम्बिनी प्रदेशका तराईसँग जोडिएका ६ जिल्ला र कर्णाली प्रदेशमा सन् २०२० को जुलाइबाट यो कार्यक्रम सुरु भएको हो ।

‘स्वास्थ्य सुरक्षा प्रर्णाली परियोजना सुरु भइरहेकै बेलामा कोभिड महामारी सुरु भयो परियोजना अधिकृत सावित्री भट्टले स्वास्थ्य पेजसँग भन्नुभयो–‘त्यसका विरुद्ध तत्काल हामीले आपत्तकालिन स्वास्थ्य प्रतिकार्य कार्यक्रम सुरु ग¥यौं । स्वास्थ्य सामाग्री वितरणदेखि जनचेतना जगाउने खालका कार्यक्रमहरु गरिहेका छौं ।’

उहाँका अनुसार, जिल्लाका आठवटै पालिकामा कोभिड विरुद्ध जनचेतना जगाउने खालका कार्यक्रम भइरहेका छन् । ती पालिकाहरुमा प्राविधिक सहयोगदेखि स्वास्थ्य सामाग्री समेत प्रदान गर्ने गरिएको उहाँको भनाइ छ । विश्व स्वास्थ्य संगठनले कोभिड विरुद्ध निर्माण गरेका आठवटा थिममा रहेर अहिले युएसएआइडीले पनि काम गरिरहेको भट्टले बताउनुभयो । आपत्तकालिन स्वास्थ्य प्रतिकार्य कार्यक्रम अन्तर्गत भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई तालिम समेत प्रदान गरिएको छ ।

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech