कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ३३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख १ हजार १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस संक्रमितको कुल संख्या ७ करोड ८६ लाख ४ हजार ५३२ पुगेको छ ।


    • स्वास्थ्य पेज

  • १२ पुष २०७७, आईतवार

तस्विरः फाइल

काठमाडौं १२, पुष ।
विश्वभर कोरोना भाइरस संक्रमणका कारण हालसम्म १७ लाख ४४ हजार २३५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संघठनका अनुसार पछिल्लो २४ घण्टामा मात्र ७ हजार ३३५ जना कोरोना संक्रमित विरामीहरुको ज्यान गएको छ । कोरोना संक्रमणका कारण गएको २४ घण्टामा भारतमा २५१ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा ७८६ जना, इटलीमा ४५९ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख १ हजार १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस संक्रमितको कुल संख्या ७ करोड ८६ लाख ४ हजार ५३२ पुगेको छ ।

अमेरीका,ब्राजिल, भारत लगायतका देश कोरोना भाइरस संक्रमणबाट बढी प्रभावित छन् ।

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech