देशभर सक्रिय संक्रमित ६७९४ जना मात्र, २२८ जना आईसियु र ५० जना भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • ११ पुष २०७७, शनिबार

काठमाडौं ११, पुष ।

अब देशभर कोरोना भाइरसका ६ हजार ७९४ जना सक्रिय संक्रमित छन् ।

कोरोना भाइरस संक्रमित ३ हजार ३४९ जना होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । आईसियुमा २२८ जना उपचारमा छन् भने देशभर ५० जनाले भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा ८१ जना आईसियु र २९ जना भेन्टिलेटरमा उपचारमा छन् । प्रदेश १ मा १३ जना आईसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा ५ जना आईसियु र ३ जना भेन्टिलेटरमा, गण्डकीमा ७२ जना आईसियुमा र ८ जना भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

लुम्बिनी प्रदेशमा २ जना भेन्टिलेटरमा र ४४ जना आईसियुमा उपचारमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा १० जना आईसियु र १ जना भेन्टिलेटरमा र सुदुरपश्चिम प्रदेशमा ३ जना आईसियुमा र १ जना भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech