थप ३ संक्रमितको मृत्यु, मृतकको संख्या १८१९ पुग्यो

    • स्वास्थ्य पेज

  • ११ पुष २०७७, शनिबार

तस्विरः फाइल

काठमाडौं १०, पुष ।

नेपालमा शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ८ जना संक्रमितको मृत्यु भएको थियो।

शनिबार एकैदिन ५०० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ७४९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ४३४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५ हजार ८२६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८४० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको मन्त्रालयले जनाएको छ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech