काठमाडौं १०, पुष ।
नेपालमा शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ८ जना संक्रमितको मृत्यु भएको थियो।
शनिबार एकैदिन ५०० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ७४९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ५ हजार ४३४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५ हजार ८२६ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८४० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको मन्त्रालयले जनाएको छ।