पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ११ पुष २०७७, शनिबार

काठमाडौं १०, पुष ।

पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् भने १८१९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालदेशभर ६७४९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३३४९ होम आइसोलेसनमा छन् भने २८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech