कोरोनाको कहरः यातायाता कार्यालय तीन दिन सिल

    • स्वास्थ्य पेज

  • ११ पुष २०७७, शनिबार

जुम्ला १०, पुष ।
यातायात व्यवस्था सेवा कार्यालय जुम्ला तीन दिनका लागि सिल गरिएको छ । शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षण गर्दा एक जना कर्मचारीमा संक्रमण देखिएपछि कार्यालय सिल गरिएको हो ।

यातायात व्यवस्था कार्यालयका नायब सुव्बा लोकबहादुर महतका अनुसार कार्यालयका सबै कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गर्नका लागि शुक्रबारदेखि आइतबारसम्म कार्यालय सिल गरिएको हो ।

जुम्लामा ११ हजार ५४८ को कोरोना परीक्षणमा ४५५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ४४० जना निको भएका छन् भने अझै १५ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech