भारतका ४ राज्यमा कोरोना खोपको पूर्वाभ्यास गरिने

    • स्वास्थ्य पेज

  • ११ पुष २०७७, शनिबार

नयाँदिल्ली १०, पुष ।

भारतमा कोरोना खोप लगाउनका लागि आउने साता पूर्वाभ्यास गरिने भएको छ। २८ र २९ डिसेम्बरका दिन आन्ध्र प्रदेश, गुजरात, पञ्जाब र असममा खोप पूर्वाभ्यास गर्न लागिएको हो।

पूर्वाभ्यासका चार चरण हुने र सबै चरणमा केन्द्र सरकारले निगरानी राख्ने छ ।

ती प्रदेशका सबै जिल्लामा करिब १ सय नागरिकलाई डमी भ्याक्सिन लगाइने तयारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech