कोरोना भाइरसको नयाँ प्रकार फ्रान्समा पनि फेला

विश्व स्वास्थ्य संगठनका अनुसार फ्रान्समा हालसम्म २४ लाख ८४ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँ कोरोना भाइरस संक्रमणका कारण ६१ हजार बढीले ज्यान गुमाएका छन् ।


    • स्वास्थ्य पेज

  • ११ पुष २०७७, शनिबार

काठमाडौं ११, पुष ।
कोरोना भाइरसको नयाँ प्रकार फ्रान्समा पनि फेला परेको छ ।

बेलायतबाट फर्किएका एक व्यक्तिमा उक्त भाइरस फेला परेको जनाइएको छ । १९ डिसेम्बरमा लण्डनबाट फर्किएका ती व्यक्तिमा कोरोना भाइरसको नयाँ प्रकार फेला परेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

संक्रमण पुष्टि भएका व्यक्ति अहिले आइसोलेसनमा छन् । कोरोना भाइरसको नयाँ रुप फेला परेपछि विभिन्न देशहरुले बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन् भने कयौं मुलुकले बेलायतबाट आउने आफ्ना नागरिकहरुलाई अनिवार्य १४ दिन क्वारिन्टीन बस्न भनेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार फ्रान्समा हालसम्म २४ लाख ८४ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँ कोरोना भाइरस संक्रमणका कारण ६१ हजार बढीले ज्यान गुमाएका छन् ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech