हुम्लाको दक्षिणी क्षेत्रका महिलाले पाएनन् सुत्केरीले भत्ता

राज्यबाट गर्भवती महिलालाई प्रसुती गृहमा सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था गरेपनि कार्यक्रम कार्यान्वयन गर्ने निकायको लापरवाही गर्दा हालसम्म भत्ता नपाएका हुन् ।


    • स्वास्थ्य पेज

  • ११ पुष २०७७, शनिबार

सिमकोट १०, पुष ।
हुम्लाको दक्षिणी क्षेत्रका सुत्केरी महिलाहरुले आफूहरुले पाउनु पर्ने भत्ता नपाएको गुनासो गरेका छन् । प्रसुति गृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था छ । तर गाउँपालिकाबाट रकम निकासा नहुँदा भत्ता नपाएको महिलाहरुले बताएका छन् ।

गएको कात्तिक महिनामा सुत्केरी भएकी ताँजाकोट गाउँपालिका वडा नम्बर २ मैला गाउँकी राजपुरा सुनारले हालसम्म सुत्केरी र गर्भवती जाँच गरे बापत पाउने भत्ता पाउनुभएको छैन् । भत्ताकै लागि तीन पटक स्वास्थ्य चौकीमा पुग्दा गाउँपालिकाबाट भत्ता नआएकोले दिन नसकिएको जवाफ पाएको उहाँले बताउनुभयो ।

सुत्केरी भएकै बेला दिएर पोषिलो खानेकुराका लागि पाउनु पर्ने भत्ता सात महिनासम्म नपाएको अर्की सुत्केरी गरी बुढाले बताउनुभयो । उहाँ गएको असारमै सुत्केरी हुनुभएको थियो ।

सुत्केरी भत्ताका साथै गर्भजाँच गराएको भत्ता पनि नपाएको गुनासो बुढाको छ । राज्यबाट गर्भवती महिलालाई प्रसुती गृहमा सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था गरेपनि कार्यक्रम कार्यान्वयन गर्ने निकायको लापरवाही गर्दा हालसम्म भत्ता नपाएका हुन् ।

प्रसती गृहमा सुत्केरी भए हुने महिलाले तीन हजार प्रोत्साहन भत्ता र गर्भवती भएका बेला चारपटक गर्भजाँच गरे बापत प्रति पटक दुई सयका दर आठ सय गरि एक महिलाले तीन हजार आठ सय रुपैयाँ पाउँछन् ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech