अस्थायी कोभिड अस्पताल थप तीन महिना संचालन हुने

    • स्वास्थ्य पेज

  • ११ पुष २०७७, शनिबार

नेपालगन्ज १०, पुष ।
बाँकेको बैजनाथ गाउँपालिकाले संचालन गरेको अस्थायी कोभिड अस्पताल थप तीन महिना संचालन हुने भएको छ । कोभिडका विरामीहरुलाई लक्षितगरी संचालिन उक्त अस्पताल अझै तीन महिना थप्ने तयारी गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

पालिकाले कार्तिकको पहिलो साता तीन महिनाका लागि भनेर अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको थियो । यो अस्पतालमा लक्षण चिन्ह देखिएका ६ जना विरामी उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म ८० जना भाइरस संक्रमित फेला परेको यो पालिकामा अधिकांशले कोरोना भाइरस विरुद्धको लडाइमा सफल भएका छन् । एकजनाको भने मृत्यु भएको छ ।

मृत्यु भएकी ती महिला पहिल्यैदेखि मृगौला रोगबाट पीडित थिइन् । ‘भाइरस संक्रमणलाई अहिले पालिकाले नियन्त्रणमा लिएको छ उहाँले भन्नुभयो–‘नयाँ केसहरु थपिएको छैन् ।’ योपालिकामा कोरोना संक्रमणको दर जिल्लाका अरु पालिकाभन्दा धेरै कम छ । अन्य पालिकाहरुमा भाइरस संक्रमणको दर उच्च छ ।

‘अहिलेपनि पालिकाको स्वास्थ्य क्षेत्रको प्राथमिकता कोभिड नियन्त्रण, रोकथाम र निदानमै केन्द्रीत छ पालिकाका अध्यक्ष मान बहादुर रुचाल भन्नुहुन्छ–‘यो महामारी पूर्णरुपमा नियन्त्रणमा आइसकेपछि के गर्ने भन्ने योजना बनाइने छ ।’

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech