कोरोना भाइरस संक्रमणका कारण विश्वभर हालसम्म १७ लाख ३६ हजार बढीले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ५५ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।


    • स्वास्थ्य पेज

  • ११ पुष २०७७, शनिबार

तस्विरः फाइल

काठमाडौं ११, पुष ।
विश्वभर कोरोना भाइरस संक्रमणका कारण हालसम्म १७ लाख ३६ हजार ७५२ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संघठनका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ हजार ६५४ जना कोरोना संक्रमित विरामीहरुको ज्यान गएको छ । कोरोना संक्रमणका कारण गएको २४ घण्टामा अमेरीकामा ३ हजार ३४७ जनाले ज्यान गुमाएका छन् ।

भारतमा ३३६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ब्राजिलमा ९६१ जना, इटलीमा ५०५ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ५५ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस संक्रमितको कुल संख्या ७ करोड ८१ लाख ९४ हजार ९४७ पुगेको छ ।

अमेरीका,ब्राजिल, भारत लगायतका देश कोरोना भाइरस संक्रमणबाट बढी प्रभावित छन् ।

 

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech